चितवनमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
फाइल तस्बिर

चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ९:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया