सहायक सिडिओको हस्ताक्षर किर्ते गरेको आरोपमा महन्थ दास पक्राउ

हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दासलाई पक्राउ गरेको छ । 

आइतबार बिहान महोत्तरी प्रहरीले मठमै पुगेर महन्थ दासलाई पक्राउ गरेको हो । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट ७० लाख रुपैयाँ निकालेको आरोपमा दासलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

पक्राउ परेका महन्थ दासलाई अनुसन्धानका लागि रूपन्देही पठाइएको एसपी पंगेनीले बताए ।

दास विभिन्न घटनामा संलग्न रहेको विवादित महन्थ हुन् । मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । यो विषयमा पनि उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।  ​





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १०:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया