कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, पाँचजना घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार राति म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से२प ८२० नम्ब–८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका साउँदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्‍याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए । त्यस्तै, ट्रयाक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चारजना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । 

घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । ट्रयाक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ९:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया