प्रचण्ड भन्छन् - गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको समझदारी भएको छ
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनका बीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको बताएका छन् ।  सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

प्रचण्डले लिखित सहमति नभए पनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक सहमति भएको बताए ।  उनले भने, ‘यो विषयमा लिखित, औपचारिक केही पनि भएको थिएन। छलफल त पक्कै पनि भएको थियो। गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा भएकै हो ।’

भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताउँदै प्रचण्डले गठबन्धनबीचको त्यो समझदारी कायमै रहेको बताए । सरकार गठन गर्ने विषयमा दलहरूबीच छलफल चलिरहेको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १२:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया