सर्प उद्धारकर्ता तिवारीको सर्पकै टोकाइबाट मृत्यु

रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ । 

उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । तिवारीले रूपन्देहीका थुप्रै स्थानमा घरभित्र पसेका सर्पलाई जीवितै उद्धार गर्दै आएका थिए । 

सर्प देख्नासाथ गाउँलेहरू तिवारीलाई फोन गरेर बोलाउने गर्थे । उनले उद्धार गरिएको सर्पलाई जंगलमा लगेर छोड्ने गरेका थिए ।

घर सोमबार साँझ घर नजिकै रहेको अवस्थामा तिवारीलाई सर्पले हातमा टोकेको थियो । उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएका तिवारीको मंगलबार राति मृत्यु भएको स्थानीय विष्णु भट्टराईले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ९:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया