कैलालीमा टिपरको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

कैलालीमा सवारी दुर्घटनामा परी बालकको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा एक महिला घाइते भएकी  छन् । 

आज बिहान जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा टिपरले अटोलाई ठक्कर दिँदा अटोमा सवार पेन्टी ठकुल्लाका तीन वर्षीय छोरा भरतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरू सवार सुपप ०१००१ ह ४९१८ नम्बर अटोलाई विपरीत दिशाबाट आइरहेको सुपप्र ०१००१ क २०२० नम्बर टिपरले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत लालपुरमा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका भरतको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

टाउको र हातमा चोट लागेका पेन्टीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक प्रदीप चौधरी र अटोचालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पीडित पक्षले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १०:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया