युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ताका लागि बुधबार अमेरिका पुगेका छन् । उनले अमेरिकी कंग्रेस (संसद्)लाई सम्बोधन गर्ने भएका छन् ।
सम्बाेधनका क्रममा उनले युक्रेन युद्ध र आगामी योजनाबारे अमेरिकी सांसदहरूलाई जानकारी गराउने कार्यतालिका रहेकाे वासिङ्टन स्रोतले जनाएको छ।
जेलेन्स्कीले बुधबार ट्विटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, 'युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदै छु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।