गण्डकी प्रदेशसभा सदस्यहरूलाई बस्यालले शपथ गराउने

गण्डकी प्रदेशसभाकाे प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ ।

प्रदेशसभा सदस्यहरूलाइ ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खुवाउनेछन् । त्योभन्दाअघि उनले प्रदेश प्रमुखसँग सपथ लिनेछन् । 

बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ गराउने तयारी छ । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले प्रदेश सचिवालयलाई पत्र पठाएको छ ।  

पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित बस्याल गण्डकी प्रदेशसभाका सबैभन्दा जेष्ठ सदस्य हुन् । ६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले जेठा हुन् ।


 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया