उपमेयर डंगोल बनिन् नगरपालिका संघको उपमहासचिव
फरकधार / ६ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल  नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् । 



यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् । 



उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । 



महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । 







  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २०:१२:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया