logo-img

चिनियाँ राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी र रुसी नेता मेदभेदेवको भेटवार्तामा राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउनेबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सीपीसीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको समेत जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

भेटमा राष्ट्रपति सीले रुससँग सहकार्य गर्न चीन तयार रहेको बताए । साथै दुई पक्षबीच शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा निरन्तर छलफल गर्ने समझदारी भएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया