काठमाडौं– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘जनयुद्ध दिवस’ मान्य नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले ‘जनआन्दोलन र जनयुद्धका सहिदहरू’लाई श्रद्धाञ्जली दिँएलगत्तै जनकपुर पुगेका वरिष्ठ नेता नेपालले त्यो प्रचण्डको निजी निर्णय भएको टिप्पणी गरे । ‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन,’ वरिष्ठ नेता नेपालले भने, ‘पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौँ ।’
पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको भन्दै नेता नेपालले जनयुद्धको मात्र नभई सबै आन्दोलनका सहिदहरूको सम्मान गर्नुपर्नेमा जोड दिए ।
धुम्बाराहीमा भएको कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवै प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।