प्रधानमन्त्री पदको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठकमा पाँच दलका नेताहरू सहभागी छन् ।
आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवै दलले हस्ताक्षर संकलन सुरू गरिसकेका छन्।
कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको अडान नछोडेपछि अन्तिम टुंगो लगाउन बैठक बसेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।