\
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।
देउवा नेतृत्वकाे गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड एमालेकाे समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी भने सरकारमा नजाने मनस्थितिमा छ ।
प्रचण्डलाई प्रधानमन्त्री समर्थन गर्दै शीतल निवास पुगेका नेम्वाङले कांग्रेस र एकीकृत समाजवादीबाहेक सबै समर्थनमा रहेकाे दाबी गरेका छन् ।’
उनले एकीकृत समाजवादीसँग वार्ता भइरहेको र सम्भवतः सरकारमा आउने दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।