पल शाहको मुद्दाको सुनुवाइ आज

कलाकार पल शाहविरुद्धको बलात्कारको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । पाँचौंपटक स्थगित भएको मुद्दाको सुनुवाइ सोमबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो ।

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर, नवलपुरले २१ भदौमा उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको थियो । त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

गत ११ फागुनमा बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटकपटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह १५ फागुनमा उक्त प्रहरी कार्यालयमा आफैं सम्पर्कमा आएका थिए ।

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि पीडित भनिएकी बालिका र उनका बुबाले समेत दुवै अदालतमा बलात्कार होइन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ११:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया