आजै तयार गर्दैछन् प्रचण्डले मन्त्रिमण्डल
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय पनि गरेको छ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयबारे टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ कार्यक्रम राखिएको छ। मन्त्रालयको टुंगो लगाउन साझेदार दलहरु नयाँ बानेश्वरमा छलफल गरिरहेका छन् ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १३:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया