तत्काल सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरूको छलफलपछि नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि पार्टी तत्काल सरकारमा नजाने निर्णय गरिएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

सरकारमा सहभागी हुन सरकारसमक्ष पार्टीले तीन सर्त राखेको छ । नागरिक उन्मुक्ति पार्टीले सर्तको रूपमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने, टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र झुटा मुद्दाहरू खारेज हुनुपर्ने माग राखेको छ । 

आइतबार बालकोट बैठकमा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले पनि तीन बुँदे माग राखेकी थिइन् । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १३:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया