जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार २४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेतीले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनका अनुसार बिहान चिया लिएर उनको कोठामा जाँदा रूपाखेती कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । नेपाली सेनाका अनुसार उनको पोष्ट मार्टमको तयारी भइरहेको छ ।
नन्दबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार रूपाखेतीले अहिले सेनाको अप्रेशन क्षेत्र जिम्मेवारी सम्हालिरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।