नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने

नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै छ । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड र तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ ग्रहण गराएकी छन् ।

विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीकाे शपथ लिएका छन् । 

त्यस्तै, दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले  विनाविभागीय मन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन् । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १७:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया