एस्टन भिल्लाविरुद्ध लिभरपुल ३-१ ले विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाविरुद्ध लिभरपुल ३–१ ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह, भिर्गिल भान डाइक र  स्टेफान बाज्सेटिचले एक/एक गोल गरे । एस्टन भिल्लाका लागि ओली वाट्कीन्सले एक गोल फर्काए । 

खेलको पाँचौं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । खेलको ५९ औं मिनेटमा एस्टनका वाट्कीन्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । 

८१ औं मिनेटमा स्टेफान बाज्सेटिचले गोल गर्दै ३–१ ले लिभरपुलको जित पक्का गरे । योसँगै लिभरपुलले १५ खेलमा २५ अंक जोडेको छ । ऊ छैटौं स्थानमा रहेको छ । एस्टन भिल्ला १८ अंक जोडेर १२ औं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ९:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया