प्रधानमन्त्री ओलीले गरे पानीजहाज कार्यालयकाे उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पानीजहाज कार्यालय उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालय परिसरमा आज बिहान आयोजित कार्यक्रममा सो कार्यालय उद्घाटन गरेका हुन् । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालय मातहत रहने जनाइएको छ ।  

पानीजहाज कार्यालयमा एक उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । 

कार्यालयमा वरिष्ठ डिभिजनल इन्जिनियर एकजना, शाखा अधिकृत एकजना, कानुन अधिकृत एकजना, लेखा अधिकृत एकजनालगायत १६ जनाको दरबन्दी २९ पुसको मन्त्रिपरिषद् बैठक स्वीकृत गरिसकेको छ । 


 





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १२:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया