सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई काठमाडौंमा डेरा पाउन गाह्रो भएको छ । उनले सामाजिक सञ्जालमार्फत काठमाडौं बस्न डेरा/घर खोज्न गाह्रो भइरहेको जनाएका हुन् ।
नवनिर्वाचित सांसदसमेत रहेका राउतले आज पनि आफू कोठा खोज्न जान लागेको पनि बताएका छन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु, बरु काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन् ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने - कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर। pic.twitter.com/r4RZGO9q4Z
— Dr. CK Raut (@drckraut) December 27, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।