एजेन्सी– विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस विश्वका सबैभन्दा ठूला दानी पनि भएका छन् । सन् २०१८ मा उनले च्यारिटीका कामहरुमा सबैभन्दा बढी रकम दान गरे । उनले दान गरेको रकम २२ सय करोड रुपैयाँभन्दा बढी छ । अमेरिकाको क्रोनिकल अफ फिलान्थ्रोपी म्यागजिनले निकालेको एक सुचीअनुसार जेफले दान गर्ने रकममा बिल गेट्सलाई पनि उछिनेका छन् ।
गत वर्षमात्र जेफले विश्वका सबैभन्दा धनीको सुचीमा आफ्नो नाम एक नम्बरमा दर्ज गरेका थिए । उनी एक नम्बरमा पुगेलगत्तै माइक्रोसफ्टका संस्थापक बिल गेट्स दुई नम्बरमा उत्रिएका थिए ।
सन् २०१८ मा सबैभन्दा बढी दान गर्नेमा बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्स १६ नम्बरमा धकेलिएका छन् । सन् २०१७ भन्दा २०१८ मा उनीहरुले ९३ प्रतिशत कम रकम दान गरेका थिए ।
यो सुचीमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिसिला चान पनि छन् । तर, उनीहरुले पनि गत वर्षको भन्दा ८९ प्रतिशत कम रकम दान गरेका छन् । सन् २०१८ मा उनीहरुले २४ सय करोड रुपैयाँ दान गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।