प्रिमियर लिगमा युनाइटेड र चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोल अन्तरले पाखा लगायो । 

चेल्सीको जितमा काई हार्भेट्ज र मेसन माउन्टले एक/क गोल गरे । योसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ ।

त्यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–० गोलले हरायो । युनाइटेडको जितमा मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले समान एक गोल गरे ।

यो जितसँगै १५ खेलमा २९ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा छ । नटिङ्घम फरेस्ट १६ खेलमा १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार ७:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया