एजेन्सी– अमेरिकाले भारतलाई भेनेजुएलाबाट तेल खरिद नगर्न चेतावनी दिएको छ । भारतले अब भेनेजुएलाबाट तेल खरिद गरे गम्भीर नतिजा भोग्नुपर्ने अमेरिकाले बताएको छ । यो चेतावनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले दिएका हुन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई समर्थन गर्ने देश वा कम्पनीलाई अमेरिकाले कहिल्यै माफी नदिने भन्दै बोल्टनले ट्विट गरेका छन् ।
भेनेजुएलाका तेल मन्त्री एवं सरकारी तेल कम्पनीका प्रमुख म्यानुएल क्युवेदोले भारत र चीनजस्ता पुराना साथीलाई धेरै तेल बेच्न खोजेको बताएपछि अमेरिकाले भारतलाई यस्तो चेतावनी दिएको हो । क्युवेदो यतिबेला भारत भ्रमणमा रहेका छन् ।
भेनेजुएलामा अहिले गम्भीर राजनीतिक संकट छ । विपक्षी नेता जुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । अमेरिका र कोलम्बियाजस्ता देशहरुले उनलाई समर्थन गरेका छन् ।
चीन र रुस राष्ट्रपति मदुरोको पक्षमा छन् । तर भेनेजुएलामा मदुरोको विरुद्ध धेरै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।