महोत्तरीमा एक युवकको शव फेला

महोत्तरीमा एक युवकको शव फेला परेको छ । 

बिहीबार बिहान करिब साढे ६ बजे जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–५  चाँदनी चोकस्थित जनकपुरधाम–जलेश्वर सडक खण्डको कल्भर्टमा जमेको पानीमा  युवकको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय सहोडवाबाट खटेको टोलीले शव फेला पारेको सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए ।
 
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १७:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया