मन्त्रिपरिषद् निर्णय : खनाल दूरसञ्चार प्राधिकरण कावा अध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका जिएम सिटौला

काठमाडौं– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई प्राधिकरणकै कार्यबाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ । २५ माघमा बसेको को मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खनाललाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको बताए । 

दीगम्बर झाले पदबाट राजीनामा दिएदेखि प्राधिकरणको अध्यक्ष पद रिक्त थियो । झाको नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाकै ४३ केन्द्रीय सदस्यले पार्टीमा ज्ञापनपत्र बुझाएपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।

मन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा सुवास सिटौलालाई नियुक्त गर्नेसमेत निर्णय गरेको छ । 

योसँगै, मन्त्रिपरिषद्ले पाँच सहायक रथीलाई उपरथीमा पदोन्नति गरी पदस्थापन गर्ने र पाँच उपरथीलाई सरुवा गर्ने निर्णय गरेको छ । 

क्रिकेट, फुटबल, साग तथा वर्ल्ड च्याम्पियनसिपमा सफलता पाउने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरूप १ करोड ५६ लाख प्रदान गर्नेसमेत निर्णय भएको मन्त्री बाँस्कोटाले बताए । 





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १८:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया