माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक स्थगित

संसदीय दलको नेता चयनका लागि शुक्रबार काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । 

संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषय निष्कर्षमा पुग्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । 

शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो । 

दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदै छ । 

पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको जनाइएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १९:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया