बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले अगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए ।

नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए । 

केही महिना पहिला नगरपालिकाको प्रावधिक फाँटबाट ल्यापटपलगायतका समान चोरी भएका थियो ।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार २०:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया