प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्को शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न लागेको हो ।
नवनिर्वाचित प्रदेश सभा सदस्यले ११ पुसमा शपथ लिएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन् । सभामुख र उपसभामुख चयन नहुँदासम्म उनले नै बैठकको अध्यक्षता गर्ने छन् ।
पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश–१ मा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६,एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।