एजेन्सी— याे घटना भारतकाे हाे । १३ वर्षका ललित पाटिदारलाई वरवुल्फ राेग लागेकाे छ र उनी यसविरुद्ध लडिरहेका छन् । याे दुर्लभ बिमारीका कारण उनकाे अनुहारभर राैँ पलाएका छन् । उनी भन्छन्, 'मानिसहरु मलाई बाँदर भन्छन् र ममाथि ढुङ्गा बर्साउँछन् ।' तर जन्मजात याे राेगबाट ग्रसित भएका ललितले हार खाएका छैनन् ।
बरु उनी त प्रहरीमा भर्ना भएर देशकाे सेवा गर्न चाहन्छन् ।
भारतीय सन्चारमाध्यमहरुसँग कुरा गर्दै ललितले भनेका छन्– एउटा समय यस्ताे थियाे जब मानिसहरु ममाथि ढुङ्गा हान्थे, मसँग खेल्न काेही चाहँदैनथ्याे । तर मेराे परिवार र साथीहरुले मलाई उनीहरुबाट जाेगाए ।
उनले थपेका छन्— कहिलेकांही दायाँबायाँ हेर्न र सास फेर्न पनि समस्या भएकाे थियाे । तर अब म अहिले जस्ताे छु त्यसमा खुसी छु ।
ललितलाई भएकाे याे राेग दुर्लभ राेग मानिन्छ । याे जन्मजात हुने राेग हाे ।
एक अमेरिकी जर्नलमा छापिएअनुसार याे राेगका लागि उपचारका केही विधि त छन् तर सफल हुने सम्भावना अत्यन्त कम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।