जनप्रतिनिधिलाई जनमत पार्टीको पत्र : सात दिनभित्र ६ महिनाको कार्यप्रगति पेस गर्नू

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण पेस गर्न भनेको छ । पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति विवरण पेस गर्न भनेका हुन् । 

उनले ६ महिने कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका छन् । 

देशभरिमा जनमतले कुल १९ वटा वडाध्यक्ष जितेको छ । त्यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई वडासहित मेयर र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष तथा उपाध्यक्ष जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

जनतमले राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडा पनि जितेको छ ।  





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार ७:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया