पाकिस्तानले जम्मुकाश्मिरको पुलवामा भएको आतंककारी आक्रमणमा आफ्नो संलग्नता नभएको बताएको छ ।
पाकिस्तानी सरकारले एक विज्ञप्ती जारी गर्दै यो आक्रमण गम्भीर चिन्ताको विषय भएको बताएको छ । उक्त आक्रमण पाकिस्तान गराएको भारतको दावी झुट भएको पनि विज्ञप्तीमा उल्लेख छ ।
बिहीबार जम्मुकाश्मिरको पुलवामा जिल्लामा आतंकवादी समूह जैस इ मोहम्मदका लडाकुले सेनाको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए । जसमा ४५ जना सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी आतंकवादी संगठन जैस इ मोहम्मदले यो घटनाको जिम्मा लिएको छ । यसपछि भारतले यो आक्रमणको पछाडी पाकिस्तानको हात रहेको हुन सक्ने दावी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।