‘सिमकार्ड हराए वा बिग्रिएमा आफैँ उपस्थित भएर लिनू’

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराए वा बिग्रिएमा आफू नै उपस्थित भएर लिन आग्रह गरेको छ । 

प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ्ग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले यस्तो आग्रह गरेको हो । 

त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भइ नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भइ सुरक्षाको जोखिमलगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।

त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पुर्याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्त संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको टेलिकमको भनाइ छ । 

आफूले प्रयोग गरिरहेको–गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा सम्पूर्ण कार्य सुरक्षित ढङ्गले सम्पन्न गर्न सकिने अवस्था रहेको छ । मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समयक्रमसँगै विकसित प्रविधिका कारण अहिले यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।  





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार ८:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया