आजबाट स्वस्थानी व्रत सुरु

आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दूले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । 

स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ । 

संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘स्वस्थानी व्रत वा साँखु जात्रा पनौतीबाट सुरु भएको हो । व्रतकथा सत्ययुगमा पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी व्रत बसेको कथासँग जोडिएको छ ।’ पार्वतीको अर्को नाम ‘अर्पणा’ पनि हो । महादेव स्वामी पाउँ भनेर व्रत राख्दा पातसमेत मुखमा नराखेको कारण उहाँलाई ‘अर्पणा’ भन्ने गरिन्छ । 

यसरी पार्वतीले एक महिनासम्म व्रतस्वरूप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरूपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।

संस्कृतिविद् जोशीका अनुसार स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ८:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया