तीन महिनापछि कोरोनाका कारण एकजनाको मृत्यु
फरकधार / २३ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। 



कोरोनाभाइरसको संक्रमणबाट तीन महिनापछि फेरि एक जनाको मृत्यु भएको हो । यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो।



त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि ज्यान गएको थिएन। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ।



त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्।



आज दुईजना निको भएका छन्। अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १७:१०:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया