नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई विश्वासको मत दिने, तर संसदमा प्रतिपक्षकाे लहरमा बस्ने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएर संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। प्रतिनिधि सभाको पहिलो बैठक सोमबार सुरू हुँदै छ । 

नागरिक उन्मुक्ति पार्टीले संसद सचिवालयलाई आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्।

साे पार्टीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेकाे छ । यद्यपि, सरकारलाई विश्वासको मत दिने अध्यक्ष श्रेष्ठले बताएकी छिन् । 

अहिलेसम्म नेपाली कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा प्रतिपक्षको लहरमा रहने पक्का भएकाे संसद सचिवालयले जनाएकाे छ । 





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १८:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया