प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आइतबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।