मन्त्रालयको संख्या घटाउने प्रदेश १ सरकारको निर्णय
फरकधार / २५ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रदेश १ को नवगठित सरकारले मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ । शपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १४ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो । 



बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र ९ वटा बनाउनेलगायतको निर्णय गरेको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए । 



उनका अनुसार मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर ९ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको छ ।  









  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार २०:६:२२,   अन्तिम अपडेट : पुस २५, २०७९ साेमबार २०:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया