नेपालमा पहिलोपटक जापानी भाषासम्बन्धी ‘ई-लर्निङ सेमिनार’

काठमाडौँ– जापानी भाषालाई नेपालमा सजिलो गरी सिकाउनका लागि गोरेश निहँगो सुईसुई प्रविधिको प्रयोगले सजिलो बनाउने भएको छ । राजधानीको ‘याक एण्ड यती होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले जापनिज जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाहज्ञ्को लागि यो ‘ई–लर्निङ सिस्टम’ एउटा महत्त्वपूर्ण अवसर भएको बताए ।  

उनले भने, ‘जापानको विकासबाट हामी नेपालीहरुले धेरै सिक्न सक्छौ ।’ कसरी आत्मनिर्भर हुने भन्ने जापानबाट सिक्न सकिन्छ । यसको लागि जापानीज भाषाको जानकारी हुन आवश्यक हुन्छ, यो माध्ययमबाट भाषा सिकेर फाईदा लिन सकिन्छ ।’ उनले थपे,‘ यो सिस्टमबाट जापानी भाषा सिकेर रोजगारी तथा अध्ययनको लागि जापान जान चाहाने धेरै नेपाली युवाहरूका लागि एउटा महत्त्वपुर्ण अवसर हुनसक्छ ।’

लिङकन कलेज एण्ड ग्रुपको आयोजना र ‘जेआईसिई आएनसी’ को प्रायोजनमा सम्पन्न सेमिनारमा ई–लर्निङको माध्ययमबाट जापानी भाषा अध्ययनबारे जानकारी गराइएको  थियो । नेपालको जुनसुकै स्थानबाट आफुले जुनसुकै समयमा पनि भाषाको अध्ययन गर्न सकिने प्रबिधीको विकासले भाषा सिकाईमा सहजता ल्याउने आयोजकको विश्वास रहेको छ । 

अध्ययन अनुसन्धान तथा रोजगारको लागि जापान गएका र जान चाहाने नेपाली युवाहरूलाई भाषाको समस्या पर्न गएको कारण सबैले सहजै रोजगारी पाउँन् भन्ने उद्देश्यमा पनि यो प्रबिधीले सहयोग पुग्ने आयोजकले जनाएको छ । 

शिक्षकबिना नै मोबाईल र कम्युटरको माध्ययमबाट भाषा सिक्न सकिने हुँदा यो सबैकालागि लाभदायक हने आयोजकको दाबी छ । विदेशी कामदारहरूलाई आफ्नो देशमा लैजाने जापान सरकारको नीतिअनुरूप अहिले लाखौ युवा जापानी भाषा सिक्नमा लागिरहेका छन् । आगामी ५ वर्षमा जापानले नयाँ नीतिमार्फत झण्डै तीन लाख ४५ हजार विदेशी कामदारहरू भित्र्याउने योजना बनाएको छ । 

कार्यक्रममा जेआईसिई ईन्कका विभागीय प्रमुख नागाहामा सुजुकी, जेआईसिई ईन्कका प्रोमोशन रिक्र्युटमेन्ट म्यानेजर सिन्जातो मानाबु, गोरेश एकेडेमीका काउन्सुलर लक्ष्मण ओझा, ओकिनवा ईण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका कोअर्डिनेटर सुजुकी नोरिहिरो र ओकिनवा ईण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका निर्देशक ओमिने सातोशीलगायतको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार ९:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया