प्रतिनिधिसभाको बैठक १ बजेसम्मका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक कांग्रेसको आग्रहका कारण १ बजेसम्मका लागि सारिएको हो । 

‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियो भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने ।  

कांग्रेसभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । यही विषयमा छलफलका लागि आज बिहान कांग्रेसको पदाधिकारी बैठकसमेत बसेको थियो ।

प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएमा उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।  

गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन पाउनुपर्छ । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १०:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया