नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सत्ता गठबन्धनलाई समर्थन गर्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जिबस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने बताए । 

नागरिक उन्मुक्तिको समर्थनपछि सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने निश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीसँग सात जना सांसद छन् । 

सत्ता साझेदार दलहरूबीच नेकपा एमालेलाई सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व दिने सहमति भएको थियो । एमालेले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

सरकार गठनका लागि बहुमतसहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेस गर्ने समयसीमा बुधबार साँझ ५ बजे सकिँदैछ ।  





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १३:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया