नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। कांग्रेस नेताहरूले डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर सो प्रस्ताव गरेका हुन्।
कांग्रेसले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालयको जिम्मेवारी लिनसमेत प्रस्ताव गरेको नागरिक उन्मुक्ति पार्टीका एक नेताकाे दाबी छ। नागरिक उन्मुक्तिले यसबारे बुधबार निर्णय लिनेछ।
रेशम चौधरीको रिहाइ नगरेसम्म सुदूरपश्चिम र लुम्बिन प्रदेशमा कसैलाई समर्थन नगर्ने नीति नागरिक उन्मुक्तिले लिएको छ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने भोलि अन्तिम दिन हो। संघमा गठबन्धनलाई समर्थन गरेको यद्यपि नागरिक उन्मुक्ति पार्टीले
प्रदेशमा कांग्रेसकाे प्रस्तावबारे के निर्णय गर्छ हेर्न बाँकी छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।