प्रदेश १ काे सभामुखमा माओवादीबाट बाबुरामकाे उम्मेदवारी, कांग्रेसकाे समर्थन

प्रदेश १ मा सभामुख पदका लागि माओवादीका प्रदेश भा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । एमालेका रेवतीरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।

कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएकाे छ । कांग्रेस संसदीयय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १६:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया