प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । 

भेटवार्तामा संघीयताको मर्मअनुसार काम गर्नेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए । एमाले नेता अधिकारी २५ पुसमा गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिँदैछन् । त्यसअघि अधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।   

उनी एमाले, माओवादी केन्द्र, राप्रपा र राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट आवश्यक पर्छ ।   





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ८:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया