बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने
फाइल तस्बिर

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।  विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको बताइएको छ । 

माओवादी केन्द्रका जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल पुस २५ गते  बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । बागमतीमा ११० प्रदेशसभा सदस्य रहेका छन् । 

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १२:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया