प्रदेश १ मा सभामुखको निर्वाचन आज, माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ को सभामुखको निर्वाचन आज हुने भएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेकाले उनी नै  निर्विरोध निर्वाचित हुनेछन् । 

सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

५० वर्षीय गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष विजयी भएका थिए । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले माओवादी जनयुद्ध लडेका थिए ।  

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने ३० पुसका लागि तोकिएको छ । 

सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख एमालेको भागमा परेको छ ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ९:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया