प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट गरेका छन् । उनले आज बिहान बालुवाटर पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाइ आदानप्रदान भएको छ । साथै, भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

जम्मकट्टेल माओवादीबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका थिए ।   





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ९:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया