नेकपा एस र जसपाको एकता वार्ता कार्यदलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, (जसपा) नेपालबीचको एकताका लागि गठित कार्यदलले आज छलफल गर्दैछ । छलफलका लागि वार्ता टोलीमा रहेका सदस्यहरूलाई दिउँसो १२ बजे सिंहदरबारमा बोलाइएको छ । 

नेकपा (एस) को तर्फबाट वार्ता समितिमा बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला तथा जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।  

पछिल्लो समय वामपन्थी एकताका लागि भन्दै जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले एकताको लागि वार्ता गर्न कार्यदल बनाइसकेको छ । प्रतिनिधिसभामा जसपाका १२, एकीकृत समाजवादीका १० र माओवादी केन्द्रका ३२ सांसद छन् ।
 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ११:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया