ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि बैंकहरूले १ दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको संघले जनाएको छ ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ । 

माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १३:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया