चैत ५ गतेका लागि स्ववियुको निर्वाचनकाे तयारी गर्न त्रिविकाे निर्देशन

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरेको छ । 

महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित क्याम्पस निर्देशन दिएका हुन् । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १६:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया